News Portal

  • १८५ जना ल्याउन चीन पुगेको सरकारी बिमान १७५ जना लिएर उड्यो : बिहान ४ बजे भित्र भक्तपुर ल्याइने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ फागुन
    १०८२ पटक
    भक्तपुर, ३ फागुन

    नेपाल सरकारले चीनमा रहेका आफ्ना नागरिक उद्धार गर्न पठाएको नेपाल वायु सेवा निगमको जहाज चीनको वुहानबाट १ सय ७५ जना नेपाली बोकेर नेपालतर्फ उडेको छ ।

    शनिवार साँझ ४ बजे उडेर ८ बजे वुहानमा अवतरण गरेको विमान अहिले राति ११ बजे नेपालतर्फ उडेको हो । बिहान ३ बजे काठमाडौको त्रिभुवन विमानस्थल ओर्लिएपछि उनीहरुलाई सोझै क्वारेन्टाइनमा ल्याइने बताइएको छ । आइतवार बिहान ४ बजे भित्र नै उनीहरुलाई क्वारेन्टाइनमा प्रवेश गराइसक्ने गरि शुक्रवार नै अभ्यास गरिसकिएको छ ।

    घर फर्किन चाहेका १८५ मध्ये ४ फर्कन नमानेका ६ जनामा शरीरको तापक्रम बढी देखिएपछि फर्कन नपाएका कारण १७५ जना आफ्ना नागरिक लिएर निगमको एयरबस ३३३० अन्नपूर्ण काठमाडौंका लागि उडेको हो।

    फर्किएका १७५ जना जनालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइने छ । नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा उनीहरु सबैलाई राखिने गरि सम्पूर्ण व्यवस्थापन गरिसकिएको छ । उनीहरु १५ दिनसम्म त्यहिँ निगरानीमा रहने तय भएको हो ।

    निगमको विमानका ‘क्याबिन क्रू’ लाई पनि १५ दिन नै क्वारेन्टाइनमा राखिनेछ। उनीहरुको लागि भने नगरकोटस्थित खानेपानी तालिम केन्द्र लाई अर्को क्वारेन्टाइन स्थल कायम गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...