News Portal

  • नीलबाराही माविकी प्रअ नेपाल सम्मानित

    भक्तपुरपोष्ट संवाददाता६ फागुन २०७६
    २०८४ पटक
    ६ फागुन २०७६

    काठमाडौं । सार्वजनिक विद्यालयको सुधारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै काठमाडौं कालिमाटी स्थित नीलबाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा. जानुका पौडेल नेपाल सम्मानित भएकी छन् ।

    शिक्षा पत्रकार समूहले आफ्नो २० औं साधरण सभा एवं १० औं अधिवेशनको अवसरमा प्रअ नेपाललाई सम्मान गरेको हो ।

    प्रअ नेपालले नाजुक अवस्थामा रहेको नीलबाराही माविलाई प्रअ हुनसाथ निरन्तर सुधार गर्दै लगेकी थिइन् । कुनैबेला विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको विद्यालयलाई आज नेपालकै उत्कृष्ट विद्यालयहरु मध्येको एक बनाउन सफल प्रअ नेपाललाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रमाणपत्र र दोसल्लासहित सम्मान गरेका हुन् ।

    सम्मानित भएपछि प्रअ नेपालले आफूले २०६२ कार्यरत विद्यालयमा प्रधानाध्यापक हुँदा पूर्वाधार अभाव र सय जना मात्र विद्यार्थी रहेकामा हाल उचित वातावरण निर्माणसहित विद्यार्थी संख्या र गुणस्तर वृद्धि भएको बताइन् । सम्मानले आफुलाई अझ मिहिनेत गर्न हौसला मिलेको उनको भनाइ थियो ।

    म २०४९ साल चैतमा देखि विद्यालयमा शिक्षकको रुपमा प्रवेश गरेकी नेपाल  २०५९ सालदेखि सहायक प्रअ र २०६२ मा प्रअ बनेकी थिइन् ।

    ‘०६२ सालमा म प्रअ भएकी हुँ । त्यतिबेला विद्यालयको खातामा एक रुपैयाँ थिएन । विद्यार्थी संख्या कम थियो र पूर्वाधार पनि नभएकाले विद्यालय नै मर्ज हुने चर्चा शुरु भए । मसँग केवल विद्यालय बनाउनु पर्छ भन्ने सोंच बाँकी थियो । त्यहीँ सोंचले नै विद्यालय बनाउन सक्रियपूर्वक लागेँ । त्यो सक्रियतासँगै स्रोत पनि जुट्दै गयो । र विद्यालय आजको अवस्थामा पुग्यो ‘- प्रअ नेपालले भनिन् ।

    प्रअ नेपालले हरेक वर्ष शिक्षण सिकाइ सुधारका लागि विद्यालय आफैंले एक हप्ता शिक्षक तालिम सञ्चालन गर्दै आएको छ र  २०६३ सालदेखि नै कक्षा १ देखि ५ सम्म ग्रेड टिचिङ लागू गरेको बताइन् ।

    निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति सफलतापूर्वक लागू गर्दै आएको विद्यालयले हरेक शैक्षिक शत्रको शुरुमा वर्षभरी आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण कार्यशाला गर्ने गरेको छ ।  शिक्षण सिकाइमा सूचना प्रविधि प्रयोगलाई जोड दिन विद्यालयमा इन्टरनेटयुक्त, स्मार्टबोर्ड र प्रोजेक्टरबाट शिक्षण सिकाइ गर्दै आएकोछ ।

    परियोजना कार्य र इन्टरनेटबाट अनिवार्य सिकाउनुपर्ने व्यवस्था गरिएको छ भने शैक्षिक क्यालेण्डर बनाएर सो अनुसार अतिरिक्त क्रियाकलाप अघि बढाउँदै लगिएको छ ।

    विद्यालयमा हरेक शनिबार साप्ताहिक परीक्षा  र असहाय र पढाइमा कमजोर विद्यार्थीका लागि हरेक दिन एउटा उपचारात्मक कक्षा सञ्चालन हुने गरेको छ ।  आवश्यकताको पहिचान भएका असहाय र गरीब विद्यार्थीका लागि निःशुल्क खाजाको व्यवस्था गरिएको छ ।

    यस्तै, समूहले बाँकेको सरस्वती माविका व्यवस्थापन समितिका अध्यक्ष धर्मसिंह थारुलाई पनि विद्यालयको व्यवस्थापनमा अनुकरणीय काम गरेको भन्दै सम्मान गरेको छ ।

    समूहले हरेक वर्ष सार्वजनिक शिक्षाको विकासमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्दै आइरहेको छ । कार्यक्रममा समूहले प्रकाशन गरेको ʻविद्यालयमा माध्यमभाषा′ नामक पुस्तकको विमोचन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...