News Portal

  • माओलाई मास्क लगाइदिने काठमान्डु पोस्टलाई केहि सम्पादकको साथ् : पक्षमा निकाले विज्ञप्ति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ फागुन
    ८६८ पटक
    भक्तपुर, ७ फागुन

    चिनियाँ दूतावासले द काठमान्डु पोस्टका सम्पादक अनुप काफ्लेले पहिलादेखि नै कुत्सित मनसायका साथ समाचारहरू छापिरहेको आरोप लगाएपछि केहि सम्पादकहरुले आपत्ति जनाएका छन् । द काठमान्डु पोस्टमा मंगलबार छापिएको एक लेखको विषयलाई लिएर साँझ विज्ञप्ति निकाल्दै चिनियाँ दूतावासले सम्पादक काफ्लेले पहिलादेखि नै कुत्सित मनसायका साथ समाचारहरू छापिरहेको आरोप लगाएको थियो ।

    दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुले आपत्ति जनाउदै विज्ञप्तिले कूटनैतिक मर्यादा नाघेको जिकिर गरेका छन् ।

    दूतावासले मंगलवार जारी गरेको विज्ञप्तिपछि बुधबार अर्को विज्ञप्ति जारी गर्दै छापा र अनलाइनका गरी १६ जना सम्पादकले चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको भन्दै पूर्ण प्रेस स्वतन्त्रताको अभ्यास र रक्षा गर्न आफूहरू प्रतिवद्ध रहेको चेतावनी दिएका
    छन् ।

    यसअघि मंगलबारको द काठमान्डु पोष्टमा ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकमा अमेरिकाका पूर्व राजदूत रहेका इभो ड्याल्डरको लेख छापिएको थियो जसमा चिनियाँ  युआनमा भएको माओत्से तुङको तस्बिरमा मास्क लगाइएको छ ।

    सोही विषयलाई लिएर मंगलबार साँझ चिनियाँ दूतावासले विज्ञप्तिमार्फत असन्तुष्टि देखाएको छ भने उक्त विज्ञप्तिले प्रेस स्वतन्त्रताको हनन गरेको केहि सम्पादकहरुको दावी छ । कतिपय सम्पादक र संचारकर्मीहरुले भने कोरोना भाइरस(कोभिड १९ )को प्रकोपले प्रभावित छिमेकी देश चीनको चहराइरहेको घाउमा नुनचुक छर्कनु राम्रो नभएको टिप्पणी गरेका छन् ।

    हेर्नुस् सम्पादकका चेतावनीपूर्ण बक्तब्य

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...