News Portal

  • सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिने

    भक्तपुरपोष्ट संवाददाता८ फागुन २०७६
    ७५५ पटक
    ८ फागुन २०७६

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएका हुन् ।

    आज दिउँसो नै उनले राजीनामा दिने सुचना प्राप्त भएको छ । जसअनुसार अहिले सञ्चारमन्त्री गोकुल बाँस्कोटा काठमाडौंबाहिर छन् । उनले काठमाडौं फर्किएलगत्तै राजीनामा दिनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बताएका छन् ।

    आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको उनको वार्तामा पनि उनलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले बताए ।

    मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग बार्गेनिङ ७० करोड कमिसनको बार्गेनिङ भएकोे अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो ।

    अडियोमा स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठेक्का दिँदा ७० करोड आउने र त्यसको ७० प्रतिशत मन्त्रीको भागमा पर्ने, कम्पनीले पनि १५।१६ करोड राख्ने भन्ने जस्ता कुरा सार्वजनिक भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...