News Portal

  • सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएपछि बालुवाटारमा ओली–प्रचण्ड छलफलमा

    भक्तपुरपोष्ट संवाददाता८ फागुन २०७६
    १०२६ पटक
    ८ फागुन २०७६

    काठमाडौं । सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि नेकपाका दुई अध्यक्षबीच छलफल भएको छ।

    बिहीबार बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको हो। अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले दुई अध्यक्षबीच एक घण्टादेखि बालुवाटारमा छलफल भइरहेको बताए।

    बुधबार राति सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्विस कम्पनीका नेपाल एजेन्टसँग ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको थियो। सो अडियो सार्वजनिक भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरेको थियो।

    कमिसनको अडियो र सञ्चारमन्त्रीको राजीनामाका विषयमा छलफल गर्न दुई अध्यक्षबीच छलफल भएको बालुवाटारनिकट स्रोतले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...