News Portal

  • दश दलीय मोर्चाद्वारा एमसीसी विरुद्ध थप आन्दोलन घोषणा

    भक्तपुरपोष्ट संवाददाता११ फागुन २०७६
    १४९७ पटक
    ११ फागुन २०७६

    काठमाडौं । सीमा अतिक्रमण र एमसीसी विरुद्ध संघर्षरत १० राजनीतिक दलहरुले थप आन्दोलनको घोषणा गरेका छन्। नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यलगायत नेताहरुको उपस्थितिमा बसेको बैठकले ‘नेपाल बन्द’ लगायत संघर्षको घोषणा गरेको जनाइएको छ।

    घोषित कार्यक्रम अनुसार फागुन १२ गते व्यवस्थापिका संसदका सदस्यहरुलाई एमसीसी सम्झौता खारेजीका लागि खबरदारी पत्रको साथै एसएमएस पठाउने, १५ गतेसम्म स्थानीय स्तरमा एमसीसी सम्झौता खारेजी र सीमा कब्जाको विरोधमा विरोध सभा गर्ने, १४ गते काठमाडौंमा एमसीसी सम्झौता खारेजीको लागि अभियान चलाएका विभिन्न संघ, सस्था,व्यक्तिसहितको अन्तरक्रिया कार्यक्रम गर्ने, १६ गते संसद घेर्ने लगायत छन्।

    यस्तै, फागुन १३ गते दश राजनीतिक दलको उच्चस्तरीय बैठक बसेर संघर्षलाई उच्च स्तरसम्म लैजान नेपाल बन्द सहितका ठोस कार्यक्रमहरु तय गर्ने समझदारी भएको विज्ञप्तिमा जनाइएको छ।

    नौ दलीय गठबन्धनले सातवटै प्रदेश तथा जिल्लाहरुमा एमसीसी र सीमा अतिक्रमण विरुद्ध कार्यक्रम गर्दै आएका छन्। गठबन्धनमा नेकपा (संयुक्त) हालै थपिएर ‘दश दलीय मोर्चा’ बनेको जनाइएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...