News Portal

  • नेम्वाङ र देवकोटाद्वारा संविधान संशोधन कार्यदलमा बस्न अस्वीकार

    भक्तपुरपोष्ट संवाददाता१२ फागुन २०७६
    ७२२ पटक
    १२ फागुन २०७६

    काठमाडौं । संघीय संसदको माथिल्लो सदन (राष्ट्रिय सभा)का सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न भनेर अध्ययनका लागि गठन गरिएको भनिएको कार्यदलमा बस्न नेकपाका २ जना नेताले अस्वीकार गरेका छन् ।

    नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न भनेर वरिष्ठ नेता माधव कुमार नेपालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको विषय सार्वजनिक भएको थियो । नेकपा नेताहरुले औपचारिक रुपमा कार्यदल गठन भएको अस्वीकार गर्दै आए पनि संयोजक भनिएका नेता नेपालले भने सोमबार कार्यदलको बैठक बोलाएका थिए ।

    नेता नेपालले सोमबार आफ्नो निजी निवासमा कार्यदलका सदस्य सुवास नेम्वाङ र खिमलाल देवकोटालाई बोलाएका थिए । तर, नेम्वाङ र देवकोटाले भने नेपाललाई भेटेर आफूहरु कार्यदलमा बस्न नसक्ने बताएका छन् ।

    नेकपाले उपाध्यक्ष बामदेव गौतमको चाहनाअनुसार राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनका लागि अध्ययन कार्यदल बनाएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...