News Portal

  • आफ्नै विद्यालयका शिक्षकसंग घुस खाने प्रअ र अध्यक्ष रंगेहात पक्राउ

    भक्तपुरपोष्ट संवाददातादैलेख, १५ फागुन
    ५६९० पटक
    दैलेख, १५ फागुन

    दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले पक्राउ गरेको हो ।

    प्र.अ. नगेन्द्र बहादुर सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले आफ्नै विद्यालयका शिक्षक बाट घुस लिएको अख्तियारको दावी छ । विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि तीस हजार घुस लिइसकेको अवस्थामा उनीहरु पक्राउ परेका प्रवक्ता प्रदॆएप कुमार कोइरालाले बताए ।

    बिहीवार उनीहरुलाई नौमुले- १ स्थित एनएमबी बैंक नौमुले शाखाको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...