News Portal

  • चीन र दक्षिण कोरियाबाट फर्किएका पाँच जनामा कोरोनाभाइरसको आशङ्का

    इभक्तपुर संवाददाता
    १९६६ पटक

    काठमाडौँ, १९ फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको बताएका छन्। चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल आएको केन्द्रका निर्देशक डा. वासुदेव पाण्डेले बताए।उनीहरू शङ्कास्पद बिरामीको मापदण्डमा परेकाले निगरानीमा राखिएको डा। पाण्डेले बीबीसी न्यूज नेपालीलाई बताए।

    सरकारले कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सचेतना अभियान अघि बढाउनुका साथै थप सतर्कताका उपाय अवलम्बन गर्न लागिएको जनाएको छ। नेपालमा झन्डै सात हप्ताअघि एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। तर त्यसपछि अरू कसैमा पनि सङ्क्रमण देखिएको छैन। अहिलेसम्म टेकुमा रहेको सरुवा रोग अस्पतालमा मात्रै कोभिड-१९ भएको परीक्षण गर्ने प्रयोगशाला छ।

    केन्द्रका निर्देशक डा। पाण्डे भन्छन्, चीन र कोरियाबाट आएका व्यक्तिहरूमा केही लक्षणहरू देखिएपछि अस्पतालमा भर्ना गरिएको हो। उनिहरू विमानस्थलबाट सोझै आए जस्तो लागेन। एक जना आज (सोमवार) आएका छन र हाम्रा चिकित्सकहरूले उनको जाँच गरिरहेका छन। दुई जना अलि अस्ति र दुई जना हिजो अस्पतालमा भर्ना भएका हुन ।

    कोरोनाभाइरसको सङ्क्रमण भएको देशबाट फर्किएका र कडा रुघा र ज्वरोको लक्षण देखिएकाले भर्ना भएका व्यक्तिहरूलाई शङ्कास्पद बिरामी मानी निगरानीमा राखिएको उनले बताए। जनस्वास्थ्यविज्ञहरूले कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि समाजिक क्रियाकलापबाट आफूलाई अलग राख्न र घरमा पनि एक्लै बस्न सुझाव दिँदै आएका छन्।

    यसैबीच चीनबाट फर्किएपछि दुई हप्ताभन्दा बढी समय खरिपाटीमा क्वारन्टीनमा राखिएका १७५ नेपालीहरूको र्‍यालका नमुना परीक्षणको निर्णय सोमवार आउने बताएका छन्। डा. पाण्डेले साँझसम्म सबै रिपोर्ट आइसक्ने र त्यसपछि सङ्क्रमित नभएको पुष्टि भए सबैलाई घर पठाइने बताए। उनले औपचारिक निर्णयका लागि प्रयोगशालाको रिपोर्ट कुरिरहेको भए पनि अहिलेसम्म क्वारन्टीनमा राखिएका १७५ जनामा कोरोनाभाइरसको कुनै लक्षण देखा नपरेको बताए।नेपालमा अहिलेसम्म झन्डै २५० शङ्कास्पद व्यक्तिको परीक्षण गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...