News Portal

  • कोरोनाको जोखिम बढेपछि त्रिभुवन विमानस्थलले पास रोक्यो : स्वागत र बिदाईमा नआउन अपिल(सूचनासहित)

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १९ फागुन
    ८३२ पटक
    भक्तपुर, १९ फागुन

    कोरोना भाइरस (कोभिड-१९) को जोखिम बढेको भन्दै सरकारले ठुला भेला सम्मेलन आयोजना नगर्न अनुरोध गरेको भोलिपल्टै नेपाल नागरिक उड्ययन प्राधिकरणको त्रिभुवन विमानस्थलले आफन्तको स्वागत र बिदाईका लागि नआउन अपिल गरेको छ ।

    सोमबार त्रिभुवन विमानस्थल कार्यालयका महा प्रवन्धकले एक सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो अपिल गरेका हुन् । त्यतिमात्र होइन, विमानस्थल प्रदान गर्दै आएको आगन्तुक प्रवेश पास समेत अनिश्चितकालका लागि रोकिएको छ ।

    देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ” अत्यावश्यक बाहेक स्वागत र बिदाइमा नआउनु र आए पनि अनिवार्य मास्कको प्रयोग गर्नु हुन अनुरोध छ । ”

    विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भनेपछि सर्वसाधारणलाई विमानस्थल प्रवेशमा कडाइ गरिएको महाप्रवन्धक केसीले भक्तपुर पोस्टसंग भने । नेपालमा कोरोना भाइरसको भित्रिन नदिन आवश्यक परे अन्तर्राष्ट्रिय उडान समेत रोक्न सोमबार नै सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरिसकेको छ ।

    हेर्नुस सूचना

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...