News Portal

  • निजी विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै इस्टुको धर्ना

    भक्तपुरपोष्ट संवाददाता११ फागुन २०७६
    ११९९ पटक
    ११ फागुन २०७६

    काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले सबै निजी विद्यालय र त्यसमा कार्यरत शिक्षक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै कोषमा धर्ना दिएको छ ।

    देशैभरीका ८ हजार ५ सय बढी निजी विद्यालय र त्यसमा कार्यरत २ लाख बढी शिक्षक कर्मचारीहरुलाई कोषमा सूचिकृत गरिनुपर्ने माग राख्दै इस्टुले सोमबार कोषको सचिवालयमा धर्ना दिएको हो ।

    संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक, कर्मचारीहरुलाई सरकारले तोकेको पारिश्रमिक तथा सबैखालका सुविधा अनिवार्य प्रदान गरिनुपर्ने, शिक्षा ऐन, नियमावलीमा व्यवस्था भएबमोजिम विद्यालय व्यवस्थापन समिति बनाइनुपर्ने तथा ऐनमा नबाझिने गरी विद्यालय विनियमावली बनाएर हकअधिकारको सुनिश्चितता गरिनुपर्ने इस्टुको माग छ ।

    निजी विद्यालयका सञ्चालकहरुले कोषमा सुचिकृत हुन आनाकानी गरेपछि सृचिकृत हुन दबाब दिने उद्देश्यले कोषको सचिवालयमा एकदिने  धर्ना बसेको इस्टुका अध्यक्ष होमकुमार थापाले जानकार दिए ।

    सामाजिक सुरक्षा आफुहरुको मौलिक अधिकार भएकाले आफ्नो मौलिक अधिकार प्राप्तिका लागि हामी कडा आन्दोलनमा जान तयार रहेको अध्यक्ष थापाले चेतावनी दिए ।

    इस्टुको यस मागहरुलाई पूरा नगरिए प्याब्सन, एनप्याब्सन र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिने र अन्तिममा देशभरका निजी विद्यालय बन्द गरिने इस्टुका उपाध्यक्ष भोला चालिसेले जानकारी दिए ।

    एसइइ परीक्षा र भर्ना अभियान नजिकिएकाले सरकारले त्यसमा कडाइ गरेर भएपनि प्याब्सन र एन प्याब्सनलाई कोषमा सुचिकृत हुन दवाव देओस भनेर धर्ना बसेको चालिसेले स्पष्ट पारे ।

    उता, नीजि तथा संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनले भने केही नीतिगत अस्पष्टताका कारण सबै नीजि तथा संस्थागत विद्यालयहरु तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन नसकेको जनाएका छन् ।

    यस्तै, सामाजिक सुरक्षा कोषले भने रोजगारदाताहरुलाई कोषमा सूचिकृत गराउन बिस्तारै विश्वस्त पार्दै लगेको जनाएको छ । कोषकी निर्देशक रमा भट्टराईले कोषले रोजगारदाता तथा श्रमिकहरुलाई कोषमा सूचिकृत गराउन कन्भिन्स गर्दै लगेको जानकारी दिइन् ।

    सामाजिक सुरक्षा नयाँ नीति भएकाले पनि यसबारे आम मानिसलाई बुझाउन अझै केही समय लाग्ने उनको भनाइ छ । जबरजस्ती गर्ने भन्दा पनि सामाजिक सुरक्षा योजनाको महत्व बुझाएर कोषमा ल्याउने अभियानमा आफूहरु रहेको उनले जानकारी दिइन् ।

    भट्टराईका अनुसार कोषमा हाल १२ हजारभन्दा बढी रोजगारदाता र १ लाख ५० हजारबढी श्रमिक सूचिकृत भएका छन् ।

    इस्टुको धर्ना कार्यक्रममा एक्यबद्धता जनाउन नेपाल शिक्षक महासंघको टोली धर्नास्थल पुगेको थियो । महासंघको टोलीमा महासंघका अध्यक्ष बाबुराम थापा, सहअध्यक्ष पूर्ण दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, उपमहासचिव झम्क चौलागाई, एकीकृत नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीलगायत थिए । महासंघका महासचिव सुवेदीले इस्टुको धर्ना र मागमा एक्यबद्धता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...