News Portal

  • अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले भने ‘म अलप हुन्न’

    भक्तपुरपोष्ट संवाददाता१९ फागुन २०७६
    १००९ पटक
    १९ फागुन २०७६

    काठमाडौं ।  बुधवार मिर्गौला प्रत्यारोपण गराउनका निम्ति सोमवार साँझ काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुन जानु अगाडि प्रधानमन्त्री केपी ओलीले एक भिडिओ सन्देशमार्फत् आफू चाँडै निको भएर पूर्ववत् काममा फर्कने विश्वास दिलाउन खोजेका छन्।आत्मविश्वासी देखिएका प्रधानमन्त्रीले विगतको निर्वाचन र त्यसले जगाएका ‘सपना’को स्मरण गर्दै आफू बीचमै मैदान छाडेर नजाने दृढता प्रकट गरे।

    “जसरी खेलकोबीचमा ‘राम्रो खेलाडी’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भरखर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न। संसारमा कोही पनि अजम्मरी छैन। मेरो यो संकल्प पनि अजम्मरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ,” उनले भने।

    “म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क रहनुहोस्।”२०६४ सालको साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीले त्यतिबेला देशभित्र प्रत्यारोपणको सुविधा उपलब्ध नभएको स्मरण गरे।तर अहिले भने देशभित्रै प्रत्यारोपण गर्ने सुविधा प्राप्त भएकोमा उनले गौरव प्रकट गरेका छन्।

    “विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन। यसपटकको मिर्गौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रूपमा सजिलो हुने मैले विश्वास लिएको छु। त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु।”

    आफू बिरामी भएर अस्पतालमा बसुञ्जेल सरकारका नियमित काम नरोकिने प्रधानमन्त्री ओलीले बताएका छन्।”विश्वलाई नै पिरोली रहेको कोरोना भाइरसका कारण सिर्जना भएको नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु।”केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्कने प्रधानमन्त्रीले बताएको विविसीले लेखेको छ ।

    भिडिओ सन्देश दिएको केही समयपश्चात् प्रधानमन्त्री ओली अस्पतालमा भर्ना हुन गएका थिए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...