News Portal

  • अर्थमन्त्रीमा पुनः डा. खतिवडा नियुक्त, आजै ४ बजे सपथ

    भक्तपुरपोष्ट संवाददाता२१ फागुन २०७६
    ८४१ पटक
    २१ फागुन २०७६

    काठमाडौं । अर्थमन्त्रीमा पुनः डा.युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् ।

    राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए । खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् ।

    मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    संविधान अनुसार, खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...