News Portal

  • नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा लोकतान्त्रिक फोरमका ११ नेता मनोनीत

    भक्तपुरपोष्ट संवाददाता२३ फागुन २०७६
    ८७७ पटक
    २३ फागुन २०७६

    काठमाडौँ । नेपाली कांग्रेसमा ११ जना केन्द्रीय सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

    तत्कालीन फोरम अध्यक्ष तथा वर्तमान कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सिफारिसमा पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम ११ केन्द्रीय सदस्य थपिएका हुन्।

    केन्द्रीय सदस्य थपिएकामा रामजनम चौधरी (कैलाली), नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लिक (झापा), हेमराज तातेड (सप्तरी), गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया) छन्। त्यस्तै योगेन्द्र चौधरी (दाङ), हरिप्रसाद न्यौपाने (मोरङ), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ) छन्।

    यीमध्ये लोकतान्त्रिक फोरममा रामजनम, गोपाल, नसिर र हरिप्रसाद उपाध्यक्ष थिए। त्यस्तै योगेन्द्र, र भारदेन्दुकुमार महामन्त्री थिए। बाँकी सबै केन्द्रीय सदस्य थिए।

    याे सँगै कांग्रेस केन्द्रीय कार्यसमिति ९७ सदस्यीय भएको छ। यसअघि देउवाले सोमबार जंगीलाल राय (सर्लाही) रकर्णबहादुर बुढा (डोल्पा) लाई केन्द्रीय सदस्यमा मनाेनीत गरेका थिए।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...