News Portal

  • धनगढी उपमहानगरपालिकाद्वारा शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय

    भक्तपुरपोष्ट संवाददाता२३ फागुन २०७६
    ७१० पटक
    २३ फागुन २०७६

    कैलाली ।  धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ ।

    कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै सरोकारवालाको बैठकले सम्पूर्ण शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को सूचना नभएसम्म लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेखित छ ।

    कोरोनाको संक्रमण स्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, बोल्दा हावाको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले साथीभाईसँग भेटघाट हुँदा हात नमिलाउन, दुई मिटर टाढा नै बस्न, मास्क लगाउन, साबुन पानीले राम्रोसँग हात सफा गर्न, केही दिनलाई पुग्नेगरी घरमा खाद्यान्नको जोहो मिलाएर राख्न प्रेस विज्ञप्तिमा अनुरोध गरिएको छ ।

    उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका वार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सवलगायत मानिसको भिडाभाडमा गरिने किसिमका कार्यक्रम आयोजना नगर्न हुन आग्रह गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...