News Portal

  • नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रअ विरुद्ध मुद्दा

    भक्तपुरपोष्ट संवाददाता२७ फाल्गुन २०७६
    १००५ पटक
    २७ फाल्गुन २०७६

    काठमाडौं । २० वर्षदेखि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा दायर गरिएको छ ।

    अख्तियार दूरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको भुमिराज प्राथमिक विद्यालय बडमका प्रधानाध्यापक कलापति देवी अवस्थी विरुद्ध मुद्दा दायर गरेको हो ।

    प्रअ अवस्थीको शैक्षिक योग्यताका प्रमाण–पत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनले पेश गरेको माध्यामिक शिक्षा परिषद क्षेत्रीय कार्यालय, इलाहाबाद भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली झुठ्ठा पाइएको अख्तियारले जनाएको छ ।

    नक्कली झुठ्ठा प्रमाण–पत्रकै आधारमा प्रअ अवस्थीले २०५७ मंसिर १ देखि निजी स्रोतमा र २०६१ पुस २४ देखि राहत दरबन्दीमा नियुक्ति भई पढाउँदै आएकी थिइन् ।

    नक्कली झुठ्ठा प्रमाणपत्रका आधारमा शिक्षक भई सरकारी सुविधा एवं लाभसमेत लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको स–प्रमाण पुष्टि हुन आएकोले अवस्थीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गर्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...