News Portal

  • प्रधानमन्‍त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार, एकदुई दिनमै डिस्चार्ज हुने

    भक्तपुरपोष्ट संवाददाता
    ७६४ पटक

    काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेर एक सातादेखि त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल महराजगञ्‍जमै आराम गरिरहेका प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आइरहेको छ । ओलीको स्वास्थ्यमा नियमित सुधार आइरहेकाले उनको केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

    ओलीको मिर्गौला प्रत्यारोपणको सातौं दिन आज चार बजे अस्पतालले पत्रकार सम्मेलन गरेर प्रधानमन्‍त्रीको उपचार र स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी दिँदै छ । अस्पतालमा प्रधानमन्‍त्री ओलीले नियमित खानपानसँगै हिड्‌डुल गरिरहेका छन् । अस्पतालमै ओलीले व्यायाम पनि गरिरहेको अस्पतालले जनाएको छ।

    अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले प्रधानमन्‍त्रीको स्वास्थ्यमा नियमित सुधार भएकोले केही दिनमा डिस्चार्ज गरिने र त्यसका लागि उपचारका संलग्‍न चिकित्सक तथा विशेषज्ञहरुसँग परामर्श भइरहेको भक्तपुरपोष्टलाई बताए। कार्यकारी निर्देशक खड्गाका अनुसार पहिले दातालाई डिस्चार्ज गर्ने तयारी छ। ढिलोमा आगामी शुक्रबारसम्ममा प्रधानमन्‍त्रीको डिस्चार्ज गरिनेछ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको गत फागुन २१ गते दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो। प्रत्यारोपणपछि ओली सीसीयूमा रहेर स्वास्थ्यलाभ गरिरहेका छन्। प्रधानमन्‍त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा सग्रौला गत फागुन १९ गते अस्पताल भर्ना भएका थिए। प्रत्यारोपणपछि ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन्।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...