News Portal

  • ‘प्रेस’ लेखेर तस्करी

    १०६१ पटक

    बारा, २७ फागुन । पत्रकारको आवरणमा लागू औषध ९ड्रग्स० तस्करी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा ‘प्रेस’ लेखेर निर्वाध रुपमा नेपाल–भारत सीमा वारपार गर्ने उनीहरुलाई प्रहरीले ९ सय थान लागू औषधका एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१५ घर भएका ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारतको बिहार घर भएका २२ वर्षीय नासिर आलम छन् ।

    प्रहरीका अनुसार वीरगन्ज घर भएका जितेन्द्रले प्रेस लेखिएको ना ६२ प ६२६७ नम्बरको मोटरसाइकलमा ड्रग्स तस्करी गर्ने गरेका थिए । पछिल्लो समय उनीहरु २ जना बीचको कुराकानी शंकास्पद लागेपछि प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा लागू औषध फेला परेपछि दुवै जनालाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरणको अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनीहरुको साथबाट लागू ओषध डाइजेपाम ३ सय एम्पुल, नुफिन ३ सय एम्पुल र फेनारगन ३ सय एम्पुल गरी कूल ९ सय एम्पूल बरामद गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...