News Portal

  • प्रधानमन्त्रीलाई मिर्गौला दिने संग्रौला डिस्चार्ज, प्रधानमन्त्री केही दिन अस्पतालमै रहने

    भक्तपुरपोष्ट संवाददाता२८ फागुन २०७६
    ७०२ पटक
    २८ फागुन २०७६

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गरेकी समिक्षा संग्रौलालाई अस्पतालले आज डिस्चार्ज गरेको छ ।गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई भान्जी संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो ।

    गत बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीलाई संर्गौलाले आफ्नो मिर्गौला दिएकी थिइन् । अस्पतालबाट डिस्चार्ज भएसँगै संग्रौला आफ्नै निवासमा फर्किएकी छन् ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने ‘उहाँको स्वास्थ्य अवस्था राम्रो हुँदै गएपछि आज समीक्षा जीलाई डिस्चार्ज गरिएको छ, उहाँ आफ्नै घरमा जानुभएको छ ।’प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्य सिंह शाहका अनुसार संग्रौलाको स्वास्थ्य अवस्था अहिले राम्रो हुँदै गएको छ । मिर्गौला निकालिएको घाउँ पूर्ण रुपमा ठिक भएपनि उनी स्वस्थ्य व्यक्तिले जस्तै जीवनयापन गर्न सक्ने डा शाहले बताइन् ।

    प्रधानमन्त्री ओली भने अझै केही दिन अस्पतालमै रहने चिकित्सकहरुले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...