News Portal

  • विश्‍व स्वास्थ्य स‌ंगठनद्वारा ‘कोरोना भाइरस विश्‍वव्यापी महामारी’को घोषणा

    भक्तपुरपोष्ट संवाददाता २९ फागुन २०७६
    ८९१ पटक
    २९ फागुन २०७६

    काठमाडौँ ।  विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारी घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन मार्फत् यस्तो घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो ।कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले बुधबार यसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।

    संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सचेत हुन आग्रह गरे । गेब्रायसेजले कोरोना भाइरस नियन्त्रणको लागि आक्रामक निर्णय लिन समेत सबै देशका सरकारलाई आग्रह समेत गरेका छन् ।

    पछिल्लो दुई हप्तामा चीनबाहिर कोभिड–१९ को संक्रमण १३ गुणा बढेको र ४ हजारभन्दा बढीको ज्यान गएको उल्लेख गर्दै डब्लूएचओका महानिर्देशक गेब्रायसेजले यसलाई महामारीको संज्ञा दिएको बताए। ‘आउँदा दिन र हप्ताहरुमा अझ बढी संक्रमण, मृत्यु र थप देशहरुमा फैलने आकलन हामीले गरेका छौं। त्यसैले हामीले कोभिड–१९ लाई महामारीकै रुपमा लिएका छौं,’ डब्लूएचओका महानिर्देशक गेब्रायसेजले बुधबारको नियमित पत्रकार सम्मेलनमा भने।

    उनले ‘महामारी’ शब्दलाई हल्का र लापर्बाहीपूर्वक नलिन पनि आग्रह गरे। ‘महामारी शब्दलाई हल्का र लापर्बाहीपूर्वकलिन हुँदैन। यदि यसको गलत प्रयोग भयो भने यसले अनावश्यक त्रास फैलाउँछ। साथै कोभिड–१९ विरुद्धको लडाइँ अब सकियो भन्ने बुझिन्छ र अझ यसले थप मृत्यु निम्त्याउन सक्छ,’ उनले भने।

    यसअघि पनि महामारीका रुपमा फैलिएका रोग एकै पटक नियन्त्रण गर्न नसकिएको उदाहरण दिँदै महानिर्देशक गेब्रायसेजले सबै देशले तत्काल कडा कदम चाल्नुपर्ने बताए। यदि कोभिड–१९ को परीक्षण, उपचार, आइसोलेसनमा राख्ने र संक्रमण देखिएमा तत्काल स्वास्थ्य कर्मचारीहरुलाई परिचालन गर्न सके यसलाई रोक्न सकिने पनि उनले बताए। केही देश कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सफल रहेको पनि महानिर्देशकले बताए।

    महानिर्देशक गेब्रायसेजले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चार वटा कुरामा विशेष ध्यान दिनुपर्ने पनि बताए। उनका चार सुझाव यस्ता छन्–

    तयारी गर्नुहोस्, तयार रहनुहोस्
    पत्ता लगाउनुहोस्, सुरक्षित रहनुहोस् र उपचार गर्नुहोस्
    संक्रमण फैलिन नदिनुहोस्
    नवीन खोज गर्नुहोस् र सिक्‍नुहोस्

    त्यस्तै महानिर्देशक गेब्रायसेजले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि तयारी, जनस्वास्थ्य, राजनीतिक नेतृत्व र आम सर्वसाधारण एकजुट भएर लाग्न पनि आग्रह गरे। डब्लूएचओले यसअघि नै विश्‍वव्यापी स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ।

    ४ हजार ६ सय ३३ को मृत्यु
    गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमणबाट बिहीबार बिहानसम्म ४ हजार ६ सय ३३ को मृत्यु भइसकेको छ। त्यस्तै विश्वका १२४ देशभन्दा बढी देशमा एक लाख २६ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ। चीनमा बिहीबार बिहानसम्म ३ हजार एक सय ६९ जनाको मृत्यु भएको छ भने ८० हजार ७ सय ९६ जना संक्रमित भएका छन्। त्यसमध्ये ६२ हजार ८ सय निको भएको चिनियाँ स्वास्थ्य आयोगले जानकारी दिएको छ।

    चीनमा म‌ंगलबार ११ जनाको मात्रै मृत्यु भएको छ भने थप १८ जनामा संक्रमण देखिएको छ। चीनपछि सबैभन्दा बढी इटालीमा ८ सय २७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै इटालीमा १९६ जनाको मृत्यु भएको छ। इटालीमा संक्रमितको संख्या पनि १२ हजार नाघेको छ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...

    सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको...

    भेटिएन विमानमा बम

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ...

    बेश्याबृत्ति गराएको अभियोगमा महिला गिरफ्तार

    जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा...

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...