News Portal

  • एसईई परीक्षा स्थगित

    भक्तपुरपोष्ट संवाददाता५चैत २०७६
    १६२३ पटक
    ५चैत २०७६

    काठमाडौँ । सरकारले अन्तिम समयमा आएर माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । हिजोसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै हालतमा एसईई परीक्षा नसर्ने दाबी गरेको थियो ।

    तर, बुधवार परीक्षाको एकदिन अगाडि एसईई परीक्षा स्थगित भएको छ ।

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका प्रेस संयोजक सुनिल खड्काले भक्तपुर पोस्टलाई जानकारी गराए ।

    यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

    पहाडी र हिमाली क्षेत्रमा विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेका थिए भने प्रश्नपत्र पनि जिल्लाहरुमा पुगिसकेको थियो । भोलि विहानको परीक्षाका लागि सम्पूर्ण तयारी भइसकेको थियो ।

    तर, एक्कासी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

    समितिले २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न निर्देशन दिएको छ ।

    यो सँगै एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ ।

    चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुने एसईईमा प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको थियो । बिहीबार अर्थात् चैत ६ गतेदेखि तोकिएको परीक्षा अर्को निर्णय नभएसम्मका निम्ति स्थगित भएको हो । एसईई परीक्षाका लागि देशभर १९९५ केन्द्र तोकिएको थियो ।

    केहि बेरमै स्थगनको औपचारिक सूचना जारी हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका प्रेस संयोजक सुनिल खड्काको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...