News Portal

  • कोरोनाबारे अफबाह फैलाए १ वर्ष कैद, १० हजार जरिवाना वा दुवै सजाय : प्रहरी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ चैत
    ९९६ पटक
    भक्तपुर, ८ चैत

    फाइल फोटो

    सामाजिक संजालमा नेपालमा नोभल कोरोना भाइरस (कोभेड १९) भेटिएको अफवाह फैलाउनेहरुको खोजी भैरहेको प्रहरीको भनाइ छ । झुट्ठा खबर फ़ैलाउनेलाइ कैद सजाय र दण्ड जरिवाना हुने प्रहरीले जनाएको छ ।

    मुलुकी अपराध संहिता अनुसार यसरी झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको बताइएको छ । सो सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजाय समेत हुनसक्ने भनिएको छ ।

    सामाजिक संजालहरुमा विशेषत: फेसबुकको मेसेन्जरमा भाइरल भएको अडियो संदेशमा राजधानीको नर्भिक र शिक्षण अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको अफवाह फ़ैलाइएको छ । त्यसका साथै अन्य केही पेज र फेसबुक ग्रुपहरुमा समेत त्यसै किसिमका व्यहोरा सहितको स्क्रिनसट र भिडियोहरु सम्प्रेषण भईरहेको भन्दै नेपाल प्रहरीले सचेत समेत गराएको छ ।

    विपदको समयमा एक सचेत नागरिकले आफ्नो सामाजिक दायित्व बिर्सनु नहुनेमा जोड दिंदै प्रहरीले सचेत नागरिकले अफवाह फैलाउनु नहुने र अफवाह फ़ैलाउनेबारे सूचना दिन आह्वान गरेको छ ।

    मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ मा ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा भएको प्रावधान अनुसार झुट्ठा अफबाह फैलाउन नहुने कानुन बनाइको छ । हेर्नुस् झुट्ठा अफबाह फ़ैलाउदा हुने सजाय

    ७०. झुट्ठा अफबाह फैलाउन नहुनेः

    (१) कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन ।

    (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
    “विपदको समयमा एक सचेत नागरिकले आफ्नो सामाजिक दायित्व नबिर्सौं

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...