News Portal

  • ४८ घण्टामा १३ शैयाको आइसोलेसन वार्ड बनाइँदै

    भक्तपुरपोष्ट संवाददाता९ चैत २०७६
    ६२६ पटक
    ९ चैत २०७६

    घोडाघोडी । घोडाघोडी नगरपालिकाले कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न १३ शैयाको आइसोलेसन वार्ड बनाउने भएको छ । नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

    कार्यपालिकाले बढ्दो जोखिमलाई मध्यनजर गर्दै ४८ घण्टाभित्र वडा नं १ स्थित एक घर भाडामा लिइ आइसोलेन वार्ड बनाउने भएको हो । कार्यपालिका बैठकले १३ शैयाको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको नगरप्रमुख ममताप्रसाद चौधरीले जानकारी दिए ।

    प्रमुख चौधरीले आइसोलेसन वार्ड निर्माणका साथै नगरपालिकाका मुख्य चार स्थानमा साबुन पानीले हात धुने व्यवस्था गर्न लागिएको बताए । नगर प्रमुख चौधरी संयोजक रहेको १७ सदस्यीय कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदलसमेत गठन गरिएको छ । रासस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...