News Portal

  • कोरोना संक्रमण रोक्न कपिलवस्तुमा विविध उपाय अपनाइँदै

    भक्तपुरपोष्ट संवाददाता१० चैत २०७६
    १००२ पटक
    १० चैत २०७६

    कपिलवस्तु । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्युनीकरण गर्न कपिलवस्तुमा विविध उपायहरु अपनाइएको छ । जिल्लाका सबै पालिकाहरुमा हेल्पडेक्स, कोरेन्टाइन, हात धुने, मास्क वितरण तथा जनचेतना मूलक अभियान अपनाइएको छ । यस्तै कृष्णनगर बाहेक भारतसँग जोडिएको जिल्लाको सबै सीमानाकाहरु बन्द गरिएको छ । यस्तै जिल्लाका सबै पालिकाहरुले चैत २१ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको सूचना जारी गरेका छन् ।

    कपिलवस्तुको सीमानाका बन्द
    कोरोना भइरस रोकथाम सम्बन्धी उच्च स्तरीय समितिको निर्देशन अनुरुप जिल्लाको कृष्णनगर बाहेक भारतसँग जोडिएका सबै सीमानाकाहरुबाट आइतबारबाट आवतजावत गर्न पूर्ण रुपले बन्द गरिएको छ । भारतसँग जोडिएका ८ नाकामध्ये कृष्णनगर सीमानाकाबाट सर्वसाधारणहरुलाई अति आवश्यक कामका आधारमा पैदल ओहोर दोहोर गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । तर, जिल्लाका अन्य सबै नाकाहरु अर्को सूचना नआउँदा सम्मका लागि पूर्णरुपले बन्द गरिएको उनले जनाए । मालबाहक सवारी साधनहरुलाई चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल भित्रने दिने पौडेलको भनाई छ ।

    कृष्णनगर र जवाभारीमा हेल्थडेक्स
    अन्य मुलुकबाट नेपाल भित्रिने यात्रुसँगै कोरोना महामारी भित्रिनबाट रोक्न जिल्लाको कृष्णनगर तथा शिवराज नगरपालिकाको जवाभारीमा हेल्थडेक्स स्थापना गरिएको छ । शिवराज नगरपालिका स्वास्थ्य शाखाको अगुवाईमा आइतबारदेखि शिवराज ७ जवाभारीमा हेल्थडेक्स स्थापना गरिएको छ । नगरप्रमुख नेत्रराज अधिकारीले हेल्थडेक्स स्थापना गरेसँगै यात्रुहरुको स्वास्थ्य परीक्षण शुरु गरिएको बताइएको छ ।

    यस्तै जिल्लाको कृष्णनगरमा आइतबार हेल्थडेक्स स्थापना गरी पहिलो दिनमै करीब एक हजारको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । कृष्णनगर नगरपालिका स्वास्थ्यशाखाको अगुवाई तथा विभिन्न संघ संस्थाहरुको समन्वयमा हेल्थडेक्स शुरु गरिएको हो । हेल्थडेक्समा यात्रुहरुलाई जनचेतना तथा स्वास्थ्य परीक्षणमा राष्ट्रिय मानवअधिकार प्रतिष्ठान, शान्ति पुनस्र्थापना गृह, स्थानीय प्रशासन, सशस्त्र, जनपद प्रहरीहरुको सहयोग रहेको छ । यस्तै विजयनगर गाउँपालिका स्वास्थ्य शाखाले समेत हेल्थडेक्स स्थापना गरी अन्य मुलुकबाट आरटीओ सडक हुँदै घर फर्कने यात्रुहरुको स्वास्थ्य परीक्षणमा सक्रिय भएको बताइएको छ ।

    समाजसेवीहरुद्वारा सर्वसाधारणलाई निःशुल्क मास्क
    विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कपिलवस्तु शिवराज नगरपालिका ५ का युवा व्यवसायी तथा समाजसेवी विजय जयसवाल र पदमराज पौडेलले ४ हजार माक्स वितरण गरेका छन् ।

    जयसवालले शिवराज नगरपालिकाका ११ वटै वडामा पुगी २हजार ५सय माक्स वितरण गरिएको जनाएका छन् । जय माँ लक्ष्मी ट्रेडर्सका सञ्चालक समेत रहेका जयसवालले कोरोनाको संक्रमणबाट जोगिन गाउँ गाउँमा पुगेर मास्क वितरण गरेका हुन् ।

    यता शिवराज ५ चन्द्रौटास्थित क्रिष्टल डिजिटल फ्ल्याक्स प्रिन्ट अफसेट प्रेस तथा स्काइ फेसन गारमेन्टका व्यवस्थापक पदमराज पौडेलले जिल्लाको विजयनगर गाउँपालिकाका विभिन्न गाउँमा निःशुल्क मास्क वितरण गरेका छन् । विश्वभर फैलिएको कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै युवा व्यापारी तथा समाजसेवी पौडेलले मास्क वितरण गरेको बताए । उनले विजयनगर गाउँपालिकाको खडैचा, डालपुर लगायतका गाउँमा पुगी सर्वसाधारणलाई १ हजार ५सय माक्स वितरण गरेको बताए ।

    मास्क वितरण गर्दै पौडेलले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गरे । सतर्कता अपनाए जोखिमबाट बच्न सकिने बताउदै पौडेलले सोमबार पनि विजयनगरका विभिन्न गाउँ र टोलमा माक्स वितरण गरिने बताए । माक्स वितरणमा पौडेलका बुबा सुरज पौडेलको पनि सहभागिता रहेको थियो ।

    कोरोनाबाट उच्च सतर्कता अपनाउन चन्द्रौटा बजार बन्द गरिने
    कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउन चन्द्रौटाको व्यापार व्यवसाय बन्द गरिने भएको छ । चन्द्रौटामा बसेको सर्वपक्षीय बैठकले अत्यावश्यक बाहेक सम्पूर्ण व्यापार व्यवसाय बन्द गरिने निर्णय गरेको हो । नेपाल सरकारको २०७६ चैत्र ७ गतेको निर्णय अनुसार विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई न्यूनीकरण गर्न बैठकले २०७६ चैत्र १० गतेदेखि २१ गते सम्मका लागि व्यवसाय बन्द गर्न शिवराज नगरपालिका, इलाका प्रशासन कार्यालय चन्द्रौटालाई अनुरोध गरिएको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...