News Portal

  • ‘यशूले कोरोनाभाइरस निको पार्ने’ भिडियो भाइरल भएपछि पोखराबाट पास्टर पक्राउ

    भक्तपुरपोस्ट संवाददाता पोखरा, ११ चैत
    ६८३ पटक
    पोखरा, ११ चैत

    कोरोना भाइरस (कोभिड १९) बारे भ्रम फैलाएको अभियोगमा इसाई धर्म गुरु पक्राउ परेका छन् । यशूले कोरोना भाइरसका बिरामीलाई निको बनाउने भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका हुन् ।

    पक्राउ पर्ने पास्टर केशवराज आचार्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । पोखराको पावर हाउसबाट पास्टर आचार्य पक्राउ परेका डिएसपी राजकुमार केसीले पुष्टि गरे ।

    ‘क्रिश्चियनलाई कोरोना नलाग्ने र यशूले कोरोनाभाइरस निको पार्ने’  जस्ता अभिव्यक्ति दिने गरेका कारण उनी प्रहरी नियन्त्रणमा परेका हुन् । मानिसहरुमा भ्रम पैदा गराएका पास्टर आचार्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।जन्म थलो जुम्ला भएका आचार्य पोखरा ३२ स्थित एक चर्चमा पास्टर हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...