News Portal

  • अमेरिकामा कोरोना संक्रमित नेपालीको मृत्यु, तीन संक्रमित

    भक्तपुरपोष्ट संवाददाता११ चैत २०७६
    ५८९ पटक
    ११ चैत २०७६

    न्यूयोर्क । कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले बताए ।

    नेपालमा पाँचथर जिल्ला साविक रानीगाउँ गाविस घर भएका लिम्बु २० वर्षदेखि अमेरिकामा बासोबास गर्दै आएका थिए। लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन्। लिम्बुले सुगर र ब्लड प्रेसरको औषधी सेवन गर्दै आएको परिवार श्रोतले जानकारी दिएको छ।

    ‘हाम्रो नेपाली समुदायबाट एकजनालाई हामीले गुमाउनु परेको छ, साह्रै दुखद भयो’, जनसम्पर्क समिति अमेरिकाका महासचिव नेम्वाङले  भने, ‘सबै जना सुरक्षित रहनुहोला।’नेम्वाङका अनुसार उनको परिवारका सबै संक्रमित छन्। परिवारका बाँकी सदस्य घरमै बसिरहेका छन्।

    हालसम्म अमेरिकामा अन्य तीनजना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। न्यूयोर्क राज्यको कुइन्समा बसोबास बसोबास गर्दै आएका ४७ र ५५ बर्षका दुईजना नेपालीलाई संक्रमण पुष्टि भएको हो।

    त्यसैगरी भर्जिनियाको फेरफाक्समा बसोसबास गर्दै आएकी एक ३८ बर्षियमहिलालाई संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक जनालाई कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। अन्य दुईजना घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन्।

    १५ वर्षअघि आएका सुब्बा एक छोरा र दुई छोरीसहित उनी अमेरिकामा बस्दै आएका थिए। अमेरिकामा कोरोना संक्रमणबाट नेपाली मूलका नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि बेलायतमा एकजना नेपालीको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...