News Portal

  • हेर्नुहोस् कोरोना रोकथाम उच्चस्तरीय समन्वय समिति बैठकका आठ निर्णय

    भक्तपुरपोष्ट संवाददाता११ चैत २०७६
    १३१७ पटक
    ११ चैत २०७६

    काठमाडौं ।सरकारले दक्षिणी सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई अन्तिम पटकका लागि नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । भारतबाट नेपाल भित्रन खोज्ने नेपालीहरु सीमामा धेरैको संख्यामा भेला भएको भन्दै सरकारले दक्षिणी सीमामा अलपत्र परेका नेपालीलाई परिचय पत्रका आधारमा नेपाल प्रवेश गर्न दिने निर्णय भएको हो ।

    कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धि उच्च स्तरीय समितको बैठकपछि सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले सीमाबाट नेपाल प्रवेश गरेसँगै उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय भएको जानकारी दिए । नेपाल–भारत सीमा नाकामा अलपत्र नेपालीलाई अन्तिम पटक नेपाल प्रवेशको मौका दिने गरी यो निर्णय भएको हो।

    ‘विशेषगरी दक्षिण नाकामा सयौंको संख्यामा भारतबाट फर्किएका नेपाली अलपत्र परेर समस्यामा परेका देखेका छौँ’, खतिवडाले भने, ‘यी नागरिकको पीडालाई देखेर हामीले अन्तिम पटक प्रवेशको मौका दिने निर्णय भएको छ।’

    सरकारले शुक्रबारदेखि सीमा नाका बन्दको घोषणा गरेको थियो भने मंगलबारबाट पूरै देशभर लक डाउन गरेको छ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...