News Portal

  • आइसोलेसनमा राखिएका एक युवकको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता बुटवल, १६ चैत
    ६८७ पटक
    बुटवल, १६ चैत

    कोरोना भाइरस (कोभिड १९) को संक्रमण आशंकामा क्वारेन्टाइनमा राखिएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुने युवक सैनामैना नगरपालिकाका हुन् ।

    लुम्बिनी प्रादेशिक अस्पताल र बुटबल उपमहानगरले संचालन गरेको कोरोना विशेष अस्पतालमा उपचाररत उनको आज मृत्यु भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालका अनुसार उनको कोरोना पुष्टि भएको भने छैन । उनको स्वाव काठमाडौ ल्याइएको छ । रिपोर्ट पछि मात्र यकिन कारण थाहाँ हुने बताइएको छ ।

    ३७ वर्षीय मृतक युवक दुवईबाट ६ गते नेपाल आएका थिए । उतैबाट ज्वरो आएको अवस्थामा घर आएका उनी १३ गते प्रादेशिक अस्पतालमा आएका थिए । ज्वरो देखिएपछि उनलाई बुटवल धागो कारखानामा रहेको कोरोना (बिशेष) अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

    फोटो : हेल्थपोस्टनेपाल

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...