News Portal

  • स्वास्थ्यकाे बिबादित सम्झौताबारे प्रचण्डको चासो, प्रधानमन्त्री ओलीको आदेशपछि सम्झौता रद्द

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १९ चैत
    १४९७ पटक
    काठमाडौं, १९ चैत

    ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता बिबादित बनेपछि सो सम्झौता रद्द भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा उक्त सम्झौता रद्द भएको हो ।

    कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि आवस्यक उपचार सामाग्रीहरु खरिद गर्न ओम्नी समूह र सरकारबीच सम्झौता भएको थियो । कोभिड-१९ परीक्षण किट, स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कवचलगायत खरिदका ओम्नी समूहलाई ठेक्का दिएपछि बिबाद बढेको थियो । ठेक्का सम्झौतामा उल्लेखित मूल्य बजार मूल्य भन्दा कयौं गुणा महँगो भएको र ओम्नीले अनावश्यक सामान भिडाएको जस्ता आरोप लागेपछि सरकार रक्षात्मक बन्न बाध्य भएको थियो ।

    देश कोरोनासंग लडीरहँदा जिम्मेवार मन्त्री र स्वास्थ्य मन्त्रालयको नेतृत्वले कैफियत गरेको भन्दै आलोचना बढेपछि सतारुढ़ दल नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा डेढ घण्टा भेट गरी यस विषयमा सोधपुछ गरेको समेत श्रोतले बताएको छ ।

    प्रधानमन्त्री केपी ओलीले संकटको बेलामा सरकारको आलोचना हुने सम्झौता लिएर अघि बढ्न नसकिने भन्दै खारेजीको निर्देशन दिएसंगै उक्त सम्झौता खारेज भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने ओम्नी समूहले कबोल गरे अनुसारको सामान नल्याएको र ल्याउन नसक्ने देखिएकोले सम्झौता रद्द गरेको जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...