News Portal

  • लकडाउनलाई प्रभावकारी बनाउन राजपाको अपिल

    भक्तपुरपोष्ट संवाददाता२१ चैत २०७६
    ७४८ पटक
    २१ चैत २०७६

    काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन तथा सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आआफ्नो घरमै बस्न सम्पूर्ण नागरिकसँग हार्दिक अपिल गरेको छ ।राजपाका अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै कोभिड भाइरसको महामारी दिनानुदिन झन बढ्दै गइरहेको अवस्थामा सरकार अझ गम्भीर र जिम्मेवार बन्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    अहिलेको विपद्को अवस्थामा सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन राजपाले आग्रह गरेको छ ।

    राजपाले महामारीको अवस्थामा अत्यावश्यक स्वास्थ्य सामग्री नपुगेको गुनासो बढेको र औषधि खरिद प्रक्रियामा अनियमितताको खबरले जनतामा नकारात्मक सन्देश गएको भन्दै तत्काल सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । नेपाल र भारतको सिमानाकामा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकोले तत्काल उनीहरुलाई स्वदेश ल्याउन वाताबरण बनाउने र स्वास्थ्य जाँच गरी शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा समेत राख्न आग्रह गरिएको छ । साथै राजपाले अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्री वडा तहबाटै आम नागरिकसम्म पु¥याउने सरकारी निर्णय प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय, प्रदेश र स्थानीय तहालाई जिम्मेवार भई तत्परता देखाउन ध्यानाकर्षणसमेत गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...