News Portal

  • एकै दिन ३ जनामा देखियाे काेराेना : संक्रमित संख्या ९ पुग्याे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ चैत
    १२६४ पटक
    भक्तपुर, २२ चैत

    नेपालमा कोरोना भाइरसका थप नयाँ तीन संक्रमित फेला परेका छन्। भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    नयाँ भेटिएका संक्रमितहरुमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ। संक्रमित महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ।

    ‘तीन जना नयाँमा संक्रमण भेटियो। धनगढीमा उपचार गराइरहेका स‌ंक्रमितकी भाउजूलाई संक्रमण भएको हो’, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कर्कीले नेपालखबरसँग भने।

    कोरोना संक्रमित ३४ वर्षे पुरुषकी भाउजुलाई कोरोना भाईरसको लक्षण देखिएपछि शनिबार बिहान धनगढी हसनपुरको घरबाटै अस्पताल ल्याइएको सेती प्रादेशिक अस्पतालका आकस्मीक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए। हाल उनलाई अस्पतालको आइसोलेसनमा राखिएको छ।

    योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

    पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् । दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन्। उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो। तेस्रो धादिङको, चौथो धनगढीको, पाँचौं बाग्लुङको र छैटौँ पनि बाग्लुङकै ६५ वर्षीय वृृद्धामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...