News Portal

  • लकडाउनमा कडाइ : एक स्थानीय तहबाट अर्कोमा जान नदिने सरकारको निर्णय

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ चैत
    ९८४ पटक
    भक्तपुर, २२ चैत

    सरकारले लकडाउनमा थप कडाइ गरेको छ । सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने भएको हो ।

    मन्त्री परिषदको बैठकले लकडाउनमा कडाइ गर्दै उक्त निर्णय लिएको हो ।

    एकैदिन आज संक्रमितको संख्या ३ ले बढेर ९ पुगेपछि सरकार झस्किएको छ । १ महिला विदेश नगए पनि कोरोना पोजेटिभ देखिएपछि रोग दोश्रो चरणमा प्रवेश गरेको आशंका गरिएको छ ।

    चैत ११ गतेदेखि एक सातालाई लकडाउन सुरु गरेको सरकारले पुनःम्याद थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि लक् डाउन जारी राखेको छ ।तर पनि रोग फैलन सक्ने सम्भावना बढेपछि सरकार तातेको हो ।

    चैत २५ पछि के गर्ने भन्ने निर्णय नभएपनि सरकारको लक् डाउन कडा गर्ने निर्णय संगै यो समय सीमा बढ्ने सजिलै अनुमान गर्न सकिन्छ ।

    मन्त्री परिषदको बैठकले कैलाली,कंचनपुर र बागलुङ जिल्लामा मास स्केलमा कोरोना टेस्टकाे ब्यबस्था गर्ने निर्णय गरेको छ भने काेराेना संक्रमण अवधि सम्म मात्र लागू हुनेगरी स्वास्थ्यकर्मीहरुकाे लागि बिमा,प्राेत्साहन भत्ता र पीपीइ काे ब्यबस्थापन गर्नेसमेत निर्णय लिएको बताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...