News Portal

  • पुन: लम्बियो लकडाउन : नयाँ वर्ष मनाउन नपाइने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ चैत
    २७५७ पटक
    भक्तपुर, २४ चैत

    सरकारले ‘लकडाउन’को समय बढाउने निर्णय लिएको छ । लक डाउनको समय बैशाख ३ सम्म बढाउने निर्णय भएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रीपरिषदको बैठकले लकडाउनको समय बैशाख ३ सम्मलाई थप्ने निर्णय लिएको हो । सरकारले ‘लकडाउन’को समय बढाउने निर्णय लिएसंगै नयाँ बर्ष २०७७ को माहोल समेत घरमै सिमित बन्ने भएको छ ।

    सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले एक साताको लकडाउन आदेश गरेको थियो भने १८ गते पुनः समय थप गरिएको लकडाउन भोलि मंगलवार राती सकिंदैछ ।

    नेपालमा कोरोनाको ९ संक्रमित पुष्टि भएका छन् । जसमा, एकजना निको भैसकेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...