News Portal

  • भक्तपुर अस्पताललाई पीपीई दिँदै सांसद बस्नेतले भने, ‘असहयोग गर्नेको हिसावकिताब हुन्छ’

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २५ चैत
    २११९ पटक
    भक्तपुर, २५ चैत

    पूर्व उद्योग मन्त्रीसमेत रहेका सांसद महेश बस्नेतले दुधपाटीस्थित भक्तपुर अस्पताललाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) उपलब्ध गराएका छन् । स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सर्नबाट रोक्न प्रभावकारी मानिएको पीपीई सांसद बस्नेतले भक्तपुर अस्पताललाई उपलब्ध गराएका हुन् ।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहेका संघीय सांसद बस्नेतले प्रविन कुस्मा र पूर्ण लिम्बुको सहयोगमा १० सेट पीपीई उपलब्ध गराएको उनका स्वकीय सचिव दिनेश थापाले जानकारी दिए । मंगलवार पार्टीका जिल्ला अध्यक्ष बचन देउजाको साथमा भक्तपुर अस्पताल आइपुगेका सांसद बस्नेतले संयुक्तरुपमा अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवाल र मेसु डा. सुमित्रा गौतमलाई उक्त पीपीई हस्तान्तरण गरेका थिए ।

    उक्त अवसरमा सांसद बस्नेतले भक्तपुर अस्पतालले कोरोना विरुद्ध लड्न विशेष भूमिका पाएकोले यो अस्पतालको लागि समेत अवसर र चुनौती दुवै भएको बताएका थिए । ”संकट परेकाे बेला भक्तपुर अस्पतालले खेल्ने भूमिकाले इतिहासमा ठूलो अर्थ राख्छ ।”उनले भने । स्वास्थ्यकर्मीसंग सरकार रहेकोले कुनै तनाव, शंका र डर बिना कोरोना रोकथाम र नियन्त्रणमा लाग्न उनले निर्देशन समेत दिएका थिए ।

    संकटको बेलामा अस्पताल व्यवस्थापन र प्रशासन एकतावद्ध भएर लाग्न निर्देशन दिंदै उनले असहयोग गर्नेहरुको हिसाबकिताब हुने समेत चेतावनी दिए ।” यो संकटको घडीमा अस्पताल आन्तरिक झमेलामा नअल्झिकन कोरोना विरुद्ध जाइलाग्नुस् ।” उनले भने ।

    अस्पताल अनुगमनपछि नेकपाका जिल्ला नेता बचन देउजाले कोरोना विरुद्धको लडाइमा स्वास्थ्यकर्मीलाई आइपर्ने कुनैपनि कठिनाइ फुकाउन जिल्ला पार्टीले सहजीकरण गर्ने आस्वाशन दिएका थिए भने नेकपाकै जिल्ला नेता समेत रहेका अस्पतालका अध्यक्ष सुवालले कोरोना बिरुद्ध लड्न भक्तपुर अस्पताल अहोरात्र लागिरहने प्रतिवद्धता प्रकट गरेका थिए । पीपीईले स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको सम्भावित जोखिमबाट बचाउने भएकोले कोरोना विरुद्ध लड्न कवच प्राप्त भएको भन्दै अध्यक्ष सुवालले सांसद बस्नेत र अध्यक्ष देउजालाई धन्यवाद दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...