प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । कोरोना रोकथाम र नियन्त्रणमा सहकार्यलाई अझ सशक्त बनाउने विषयमा टेलिफोन वार्ता भएको हो ।
शुक्रबार भएको बार्तापछि प्रम ओलीले ट्वीट गर्दै भनेका छन् कि एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई राम्रो हेरचाह गर्ने विषयमा सहमति भएको छ ।
उनले भनेका छन्, ”‘कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं।”
आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि पनि छलफल भएको बताइएको छ ।