News Portal

  • एक विद्यालय जसले लकडाउनमा बढायो सहयोगको हात

    भक्तपुरपोष्ट संवाददाता५ वैशाख २०७७
    १२५३ पटक
    ५ वैशाख २०७७

    काठमाडौं । कोरोना भाइरसको त्रासको कारण मुलुक लकडाउनमा थियो । शिक्षक, विद्यार्थी र अभिभावक सबै होम क्वारेन्टाइनमा ।

    जब सरकारले बैशाख २ गते तेस्रो पटक लकडाउनको अवधी थप गर्यो । मुलुकभर खाद्यान्न अभावका समाचारहरु आउन शुरु भयो ।  काठमाडौंबाट खाद्यान्न अभावका कारण मानिसहरु हिडेरै कष्टसाथ आफ्ना गाउँ फर्किएका खबरहरु बाक्लिन थाले ।

    शिवपुरी मावि बालुवाटारका प्रधानाध्यापक दिवाकर दूरदर्शीले खाद्यान्न अभावका खबरहरुसँगै आफ्ना विद्यार्थी र अभिभावकहरु सम्झे । उनीहरुको अवस्था के होला ?

    कतै हाम्रा विद्यार्थी र अभिभावकले खाद्यान्न अभावको समस्या त भोगिरहेका छैनन् ? उनलाई भाउन्न भयो । उनलाई प्यारा विद्यार्थी र अभिभावकहरु भोकले छट्पटाएका त छैनन् भन्ने चिन्ताले पिरल्यो ।

    उनले भने–’विद्यार्थी र अभिभावक भोकले छट्पटाएको विद्यालयले कसरी टुलुटुलु हेरेर बस्न सक्थ्यो र । शिक्षक, विद्यार्थी र अभिभावक एकै परीवार त हो नि ।’

    प्रअ दूरदर्शीलाई रातभर निद्रा परेन । भोलि बिहानै विद्यालयका सहयोगीलाई खाद्यान्न अभाव भोगीरहेका विद्यार्थी र अभिभावकको विवरण संकलन गर्न आग्रह गरे । आफूले पनि केहीसँग टेलिफोनबाट जानकारी लिए । सामाजिक सञ्जालमा सूचना राखे – ‘कोही अध्ययनरत विद्यार्थी र अभिभावक खाद्यान्न अभाव भोगिरहनुभएको छ भने विद्यालयमा सम्पर्क गर्नुहोला ।’

    त्यसपछि उनले केही दाताहरुसँग सम्पर्क गरे । हाम्रा विद्यार्थी र अभिभावकहरु भोका हुन सक्छन् आवश्यक परे खाद्यान्न सहयोग गर्नुपर्यो भनेर । तत्काल केही दाताहरु खाद्यान्न सहयोग गर्न तयार भए । विद्यालयको कोषबाट पनि केही रकम जोहो गर्ने निधो गरे । भूपू विद्यार्थीहरुले पनि सहयोग गर्ने बचन दिए ।


    यसबाट हौसिएका प्रअ दूरदर्शीले खाद्यान्न अभाव भोग्ने अभिभावक र विद्यार्थीहरुको विवरण संकलनमा तिब्रता दिए । उनले भने–’विद्यालयलाई दुख पर्दा सहयोग गर्ने अभिभावकहरु संकटमा हुँदा विद्यालयले हात बाधेर बस्न मिलेन नि ।’

    शुक्रवार साइत जुर्यो । दाता र विद्यालयको स्रोतमा खरिद गरिएको खाद्यान्न विद्यालयमा आइपुग्यो । अत्यन्तै खाधान्न अभाव झेलेका २० अभिभावकहरुलाई विद्यालय परिशरबाटै खाद्यान्न वितरण गरियो ।

    ‘आज २० परीवारलाई वितरण गरियो, अझै ८० जनाको लागि खाद्यान्न तयारी अवस्थामा छ ‘– दूरदर्शीले  भने ।

    विद्यालयले शुक्रवार विहान हरेक अभिभावकलाई पहिलो चरणमा १५ केजी चामल, १ केजी दाल, १ लिटर खानेतल, १ प्याकेट नून सहितको राहत प्याकेज वितरण गरेको छ ।

    विद्यालयको यस कार्यमा आर्थिक र व्यवस्थापनपक्षमा विव्यस सदस्य सूर्य पंगेनी, समाजसेवी सुजित कुमार राठी, पूर्व विद्यार्थीहरु लक्ष्मी अधिकारी, अजिता, श्यामहरि सेढाईलगायतको सहयोग रह्यो ।

    यस्तै, वितरण व्यवस्थापनमा बिहानै देखि शिक्षक राजेन्द्र सर, कर्मचारीहरु गोविन्द कार्की र राजकुमार पुरकिो खटाइ रहेको थियो ।

    प्रअ दूरदर्शीले आर्थिक र व्यवस्थापन पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भने–’एउटै परीवारका सदस्य एकजना भोकै रहँदा अरु सदस्यलाई कसरी खुसी मिल्छ ।’

    राहत पाएका अभिभावकहरुले पनि संकटमा विद्यालयले सम्झेकामा खुसी व्यक्त गरे । एक जना अभिभावकले आँखाभरी आशु छल्काएर भनिन्– ‘विद्यालयले ज्ञान मात्रै नदिँदो रहेछ, खुसी पनि दिँदो रहेछ ।’

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...