काठमाडौँ । एक महिनादेखि जारी लकडाउनको अबको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठक बस्दैछ । ११ बजे सिंहदरबारमा बस्ने बैठकले लकडाउनलाई खुकुलो बनाउने कि निरन्तरता दिने भन्ने विषयमा छलफल गर्नेछ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई कसरी लैजाने भन्ने बारे छलफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको नयाँ मोडालिटीबारे छलफल गरी प्रस्ताव ल्याउन उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका थिए ।