News Portal

  • लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक जारी

    भक्तपुरपोष्ट संवाददाता२४ वैशाख २०७७
    १४६५ पटक
    २४ वैशाख २०७७

    काठमाडौँ । कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसअनुसार सरकारले आज (बुधबार) लकडाउन थप्ने निर्णय गर्दैछ । यसका लागि मन्त्रिपरिषद् बैठक बिहान ११ बजेदेखि जारी छ ।

    चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ ।

    संक्रमण फैलिएका, धेरै परीक्षण नभएका र संक्रमण नदेखिएका गरी तीन वर्गमा बाँडी त्यसैअनुसार लकडाउन खुकुलो बनाउँदै लैजाने सिफारिस कार्यदलले गरेको भएपनि सरकारले लकडाउनलाई अहिलेकै स्वरुपमा निरन्तरता दिने भएको हो । गृहमन्त्री रामबहादुर थापाले मंगलबार संसदीय समितिमा लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए ।

    तर, मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित बालुवाटारमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न स्थानमा संक्रमण देखिने क्रम जारी रहेको भन्दै लकडाउन खुकुलो बनाउनु नहुने निष्कर्ष निकालेको थियो । समितिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउन यथारुपमा थपिने बताएका थिए ।

    २५ गते लकडाउन ४५ औं दिनमा पुग्दैछ । लकडाउन डेढ महिना पुग्दा संक्रमितको संख्या ८२ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...