News Portal

  • भुल्केमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

    भक्तपुरपोष्ट संवाददाता२८ वैशाख २०७७
    ८८९ पटक
    २८ वैशाख २०७७

    विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा थप एक जनामा कोरोना भाइरस को संक्रमण देखिएको छ । यो सँगै मुलुकमा संक्रमितको संख्या ११० पुगेको छ ।

    दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् ।

    यससँगै शनिबार थपिएका संक्रमितको संख्या ८ पुगेको छ । शनिबार बिहान मात्र उदयपुरका तीन, कपिलबस्तुका तीन र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    तीनैजना महिला विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र भर्ना भएका छन् । संक्रमण पुष्टि भएका १८,४५ र ६५ वर्षीया महिलामा शनिबार दिउँसो अस्पताल भर्ना भएको मेसु मिश्राले जानकारी दिइन् ।

    उनकाअनुसार संक्रमित सबैको अवस्था सामान्य छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...