News Portal

  • कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गरिने

    भक्तपुरपोष्ट संवाददाता२९ वैशाख २०७७
    ८१७ पटक
    २९ वैशाख २०७७

    कपिलवस्तु । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार नै साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीर्घनारायण पौडेलले सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि जिल्ला सिल गर्ने निर्णय भएको खबरहबलाई जानकारी दिए ।

    ‘भाइरस (कोरोना भाइरस)को संक्रमण फैलिन नपाओस् भनेर हामीले सम्पूर्ण जिल्ला सिल गर्ने निर्णय गरेका हौं,’ सीडीओ पौडेलले  भने, ‘अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ । सर्वसाधारणलाई पनि घर बाहिन ननिस्किन भनिएको छ ।’

    सीडीओ पौडेलले औषधि, खाद्यान्न, तरकारी तथा फलफूल, पशुको दाना बोक्ने तथा एम्बुलेन्स र शव वाहानजस्ता सवारी साधनमात्रै चल्न दिइने जानकारी दिए । अन्य प्रकारका सवारी साधनहरु चलाएको पाइए नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइने उनको भनाइ छ ।

    यस्तै, सर्वसाधारणले अत्यावश्यक कामका लागि घर बाहिर निस्किनु परे नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बर (१००)मा फोन गरेर बाहिर निस्किनका लागि अनुमति लिन सक्नेछन् । अनुमति नलिइ बाहिर निस्किएको पाइए सर्वसाधारणलाई पनि नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइने पौडेलले जानकारी दिए ।

    कपिलवस्तुमा हालसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सीडीओ पौडेलले हाल कोरोना भाइरसको संक्रमण दखिएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...