News Portal

  • थप २४ मा कोरोना, संक्रमितको संख्या २४३ पुग्यो

    भक्तपुरपोष्ट संवाददाता३१ वैशाख २०७७
    ९१४ पटक
    ३१ वैशाख २०७७

    काठमाडौं । बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यसअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो ।

    बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेका छन् ।

    रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

    पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...