News Portal

  • लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा

    भक्तपुरपोष्ट संवाददाता २ जेठ २०७७
    १०३४ पटक
    २ जेठ २०७७

    काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ ।

    ‘तदनुरुप नै छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिनेछ’ -उनले भनिन् । सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने समेत उनले बताइन् ।

    सरकारी अधिकारीहरुका अनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैन । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

    भारतसँग विगत लामो समयदेखि सीमा विवाद रहे पनि दार्चुलाको कालापानी क्षेत्र नेपालको भएकाले नेपालको नक्सामा उक्त भूमि राखिने सरकारको नीति तथा कार्यक्रम मार्फत संसदबाट घोषणा भएको हो ।

    सरकार सीमाको सुरक्षा सुदृढ गर्ने पनि कार्यक्रम रहेको छ । अन्तर्राष्ट्रिय सीमा निरीक्षण र रक्षा गर्न सरकार तयार रहेको भन्दै सरकारले नीति तथा कार्यक्रममा नै कालापानी क्षेत्रको विषय प्रवेश गरेको हो ।

    भारतले पछिल्लो समय लिपुलेकमा सडक निर्माण गरेको थियो । यी तीन क्षेत्रलाई समेटेल गत मंसिरमा भारतले आफ्नो नक्सा पनि जारी गरेको थियो । जसको नेपालमा व्यापक विरोध भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...

    सर्वोत्कृष्टतामा भक्तपुर अस्पतालको ह्याट्रिक

    भक्तपुर अस्पताल कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको छ ।  बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल कार्यसम्पादनमा...

    यस्ता छन् ओली सरकारका सय दिने उपलब्धी (पूर्णपाठ)

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेकाे अवसरमा प्रगति विवरण सार्वजनिक...

    मन्त्रीको जिल्लामा कमजोर कार्यसम्पादन, ललितपुर प्रथम हुँदा भक्तपुर सातौँ

    बागमती प्रदेश अन्तर्गतका जिल्लास्थित जनस्वास्थ्य कार्यालयमध्ये ललितपुर प्रथम भएको छ । गत आर्थिक वर्षको कार्यसम्पादन...

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...