News Portal

  • कोरोना संक्रमित शिक्षकको मृत्यु भएको मन्त्रालयको भनाइ

    भक्तपुरपोष्ट संवाददातागुल्मी, ८ जेठ
    १३९३ पटक
    गुल्मी, ८ जेठ

    रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । सरकारले उनको मृत्यु भएको पुष्टि गरेको हो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको मृत्यु भएको जानकारी गराए । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार उनको मृत्यु बिहीबार विहान भएको हो ।
    यस अघि प्रदेश ५ को सामाजिक विकास मन्त्री सुदर्शन बरालले संक्रमित बिरामीको मृत्यु भएको सार्वजनिक गरेका थिए ।

    बरालले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बचाउन अनेकौं प्रयास गर्दापनि बचाउन नसकिएको भन्दै यसले आफुलाई दुखी बनाएको बताएका छन् ।

    मृतक शिक्षक गुल्मी मदाने गाउँपालिका वडा नं ६ का स्थायी बासिन्दा हुन् । ४१ बर्षका उनी बिरामी भएपछी यहि जेठ १ गते क्रिमशन अस्पतालमा भर्ना भएका थिए । उनको स्वाब परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनि गाउँकै विद्यालयका प्रधानाध्यापक हुन् ।

    यस संगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । यस अघि सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरी महिला र बाँकेका २५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...