News Portal

  • लकडाउनमा बसेका शिक्षकलाई अपमान गर्ने शिक्षाविद्का अभिव्यक्ति प्रति शिक्षक संघको आपत्ति

    भक्तपुरपोष्ट संवाददाता११ जेष्ठ २०७७
    ६७२५ पटक
    ११ जेष्ठ २०७७

    काठमाडौं ।  कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउन र दिएका सम्पूर्ण निर्देशनहरुलाई पालना गरी घरमै सुरक्षित बसिरहेका शिक्षकहरुलाई अपमान गर्नेगरी शिक्षाविद्हरुबाट आएका अभिव्यक्ति प्रति नेपाल शिक्षक संघले आपत्ति जनाएको छ । संघको संघीय समितिको बैठकले शिक्षकहरुलाई लान्छित गर्ने गरी अभिव्यक्ति नदिन र गतिविधि सञ्चालन नगर्न सबैको ध्यानाकर्षण गराएको छ ।

    केही समयदेखि शिक्षाविद् तथा सरोकारवालाहरुबाट शिक्षकलाई विभिन्न विकल्प दिएर पठनपाठनमा लगाउनुपर्ने विषय उठिरहेका छन् । प्रहरी, डाक्टर, कर्मचारीलगायतले जिम्मेवारी पुरा गरिरहेको बेला शिक्षक घरमै थन्किएर बस्न नहुने विषयमा चर्चा र छलफल शुरु भएको छ ।

    शिक्षकसंघले त्यस्ता छलफल र अभिव्यक्ति प्रति कडा आपत्ति जनाएको हो । लकडाउनमा घरमै सुरक्षित बसेर शिक्षकहरुले सरकारकै निर्णय पालना गरिरहेका संघको दाबी छ । आइतबार संघका अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरीले एक  विज्ञप्ति जारी गर्दै शिक्षकको परिचालनको विषय विभिन्न व्यक्तिहरुबाट अभिव्यक्तिहरु सार्वजनिक हुनु अत्यन्त निन्दनीय रहेको जनाएका छन् ।

    ‘दुख र पीडाको यस समयमा सबै एकजुट भई कोरोनालाई पराजित गर्नका लागि जुट्नुपर्ने समयमा शिक्षकहरुलाई लान्छित गर्ने गरी अभिव्यक्ति नदिन र गतिविधि सञ्चालन नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं’– विज्ञप्तिमा भनिएको छ ।

    संघले कोरोना संक्रमणका कारण लकडाउनमा बस्न बाध्य भइरहेको र सबै शिक्षकहरुबीचमा इन्टरनेट तथा प्रविधिको पहुँच नपुगेको यस विषम परिस्थितिमा विभिन्न संस्थाको नामबाट सीमित शिक्षकको लागि तालिम दिने र प्रमाणपत्र वितरण गरी राज्यकोषको दुरुपयोग भइरहेको आरोप लगाएको छ । साथै, प्रमाणपत्रको वैधताको प्रश्न समेत उठेका भन्दै संघले सरकारले तत्काल यस्ता कार्यक्रमहरु रोकी सबै शिक्षकहरुका बीचमा समान अवसरहरुको प्रत्याभूति पश्चात मात्र यस्ता तालिमहरु सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

    विज्ञप्तिमा सरकारका तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रम सार्वजनिक शिक्षामैत्री हुन नसकेको र वर्तमान शैक्षिक गतिरोधको अन्त्यका लागि प्रभावकारी योजना नदेखिएकोले वर्तमान शैक्षिक समस्यालाई समाधान गरी शिक्षा क्षेत्रमा देखिएको अवरोधलाई अन्त्य गर्न आगामी बजेटमा प्रभावकारी कार्यक्रमका लागि आवश्यक रकमको विनियोजन गर्न सरकारसँग माग गरिएको छ ।

    संघले जस्तोसुकै परिस्थितिमा पनि शिक्षा क्षेत्रलाई सुरक्षित गर्दै पठनपाठन कार्य नियमित गर्नका लागि दीर्घकालीन सोचका साथ आधुनिक प्रविधिका पूर्वाधारयुक्त विद्यालयहरू, प्रविधिमैत्री कक्षाकोठाहरु, नवीनतम प्रविधियुक्त प्रशिक्षित शिक्षकको अनिवार्यता देखिएको भन्दै सोबमोजिमको व्यवस्थापन गरी शिक्षक र विद्यार्थीका लागि आवश्यक उपकरण तथा सामग्रीहरुको सहज र सुलभ उपलब्धताको प्रबन्ध मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

    नेपाल शिक्षक महासंघ र सरकारबीचमा सम्पन्न ३० बुँदे सहमति र विभिन्न समयमा प्रस्तुत शिक्षक तथा कर्मचारीहरुका न्यायिक मागहरुको सम्बोधनका साथै (इसिडी) बाल कक्षाका शिक्षकहरु तथा विद्यालय कर्मचारीको पूर्वसहमति अनुसार तलब वृद्धि गरी तत्काल उपलब्ध गराउन संघले जोडदार माग गरेको छ ।

    यस्तै  शिक्षक संघ संघीय कार्यसमितिको निर्णयबमोजिम देशभर सञ्चालित ’घरघरमा विद्यालय’ अभियान अन्तर्गत गरिएका विभिन्न क्रियाकलापहरु अत्यन्त उपयोगी देखिएकोले हालको महामारीसँग सम्बन्धित विषयहरुलाई केन्द्रित गरी यस अभियानलाई अझ प्रभावकारी बनाउनका लागि प्रदेश, जिल्ला तथा स्थानीय कार्य समितिहरुलाई अनुरोध गरिएको छ ।

    हेर्नुहोस् विज्ञप्ति

    नेपाल शिक्षक संघ संघीय कार्यव्यवस्था समितिको बैठकबाट समसामयिक विषयमा निर्माण गरेको धारणा निम्नअनुसार रहेको व्यहोरा अनुरोध गर्दछौं।

    १. छिमेकी मित्रराष्ट्र भारतद्वारा अतिक्रमित हाम्रा भूभागहरु लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटी नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निशाना छाप समेत संशोधन गर्न नेपाल सरकारले देखाएको अग्रसरताको स्वागत गर्दै दुई देशबीच कूटनीतिक पहल गरी वार्तामार्फत उक्त समस्या समाधान गर्न सरकारसँग अनुरोध गर्दछौं ।

    २. नेपाल सरकारका तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रम सार्वजनिक शिक्षामैत्री हुन नसकेको र वर्तमान शैक्षिक गतिरोधको अन्त्यका लागि प्रभावकारी योजना नदेखिएकोले वर्तमान शैक्षिक समस्यालाई समाधान गरी शिक्षा क्षेत्रमा देखिएको अवरोधलाई अन्त्य गर्न आगामी बजेटमा प्रभावकारी कार्यक्रमका लागि आवश्यक रकमको विनियोजन गर्न सरकारसँग माग गर्दछौं ।

    ३. जस्तोसुकै परिस्थितिमा पनि शिक्षा क्षेत्रलाई सुरक्षित गर्दै पठनपाठन कार्य नियमित गर्नका लागि दीर्घकालीन सोचका साथ आधुनिक प्रविधिका पूर्वाधारयुक्त विद्यालयहरू, प्रविधिमैत्री कक्षाकोठाहरु, नवीनतम प्रविधियुक्त प्रशिक्षित शिक्षकको अनिवार्यता देखिएकोले सोबमोजिमको व्यवस्थापन गरी शिक्षक र विद्यार्थीका लागि आवश्यक उपकरण तथा सामग्रीहरुको सहज र सुलभ उपलब्धताको प्रबन्ध मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौं ।

    ४. नेपाल शिक्षक महासंघ र सरकारबीचमा सम्पन्न ३० बुँदे सहमति र विभिन्न समयमा प्रस्तुत शिक्षक तथा कर्मचारीहरुका न्यायिक मागहरुको सम्बोधनका साथै (इसिडी) बाल कक्षाका शिक्षकहरु तथा विद्यालय कर्मचारीको पूर्वसहमति अनुसार तलब वृद्धि गरी तत्काल उपलब्ध गराउन जोडदार माग गर्दछौं ।

    ५. कोरोना संक्रमणका कारण लकडाउनमा बस्न बाध्य भइरहेको र सबै शिक्षकहरुबीचमा इन्टरनेट तथा प्रविधिको पहुँच नपुगेको यस विषम परिस्थितिमा विभिन्न संस्थाको नामबाट सीमित शिक्षकको लागि तालिम दिने र प्रमाणपत्र वितरण गरी राज्यकोषको दुरुपयोग भइरहेको तथा प्रमाणपत्रको वैधताको प्रश्न समेत उठेका सन्दर्भमा सरकारले तत्काल यस्ता कार्यक्रमहरु रोकी सबै शिक्षकहरुका बीचमा समान अवसरहरुको प्रत्याभूति पश्चात मात्र यस्ता तालिमहरु सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछौं ।

    ६. नेपाल शिक्षक संघ संघीय कार्यसमितिको निर्णयबमोजिम देशभर सञ्चालित ’घरघरमा विद्यालय’ अभियान अन्तर्गत गरिएका विभिन्न क्रियाकलापहरु अत्यन्त उपयोगी देखिएकोले हालको महामारीसँग सम्बन्धित विषयहरुलाई केन्द्रित गरी यस अभियानलाई अझ प्रभावकारी बनाउनका लागि प्रदेश, जिल्ला तथा स्थानीय कार्य समितिहरुलाई अनुरोध गर्दछौं । साथै नेपाल शिक्षक सङ्घका कार्यक्रमहरु संस्थागत रुपमा प्रदेश, जिल्ला एवं स्थानीय कार्य समितिहरूले मात्र सञ्चालन गर्न सक्ने जानकारी गराउँदै व्यक्तिगत रुपमा कसैले पनि संस्थाको व्यानर, लोगो तथा झन्डा प्रयोग नगर्न नगराउनु हुनसमेत अनुरोध गर्दछौं ।

    ७. कोरोना संक्रमणले व्यापकता लिइरहेको वर्तमान अवस्थामा पनि नेपालबाहिरका मुलुकबाट नेपालीहरु आउने र सिमानामा अव्यवस्थित रुपमा रहनुले झनै संक्रमणको खतरा बढ्ने देखिएको हुनाले व्यवस्थित रुपमा वैधानिक मार्गबाट नै नेपालीलाई देशभित्र ल्याई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने र द्रुत  गतिमा आरडिटि तथा पिसिआर परीक्षणलाई बढाउन अनुरोध गर्दै पछिल्लो समयमा बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा देखिएको संक्रमणको भयावह अवस्थाप्रति गम्भीर भई समयमै रोकथामका लागि अग्रसरता लिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।

    ८. कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउन र दिएका सम्पूर्ण निर्देशनहरुलाई पालना गरी बसिरहेका शिक्षकहरुलाई अपमान गर्नेगरी विभिन्न व्यक्तिहरुवाट अभिव्यक्तिहरु सार्वजनिक हुनु अत्यन्त निन्दनीय छ । दुख र पीडाको यस समयमा सबै एकजुट भई कोरोनालाई पराजित गर्नका लागि जुट्नुपर्ने समयमा शिक्षकहरुलाई लान्छित गर्ने गरी अभिव्यक्ति नदिन र गतिविधि सञ्चालन नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं । लकडाउनको अनिश्चित परिस्थिति रहेको अवस्थामा परीक्षा र पढाइका सन्दर्भमा असान्दर्भिक दृष्टिकोण निर्माण गर्नुभन्दा लकडाउनको अन्त्यपश्चात व्यावहारिक निर्णय निर्माण गर्नु बढी व्यावहारिक हुनेछ । साथै लकडाउनपश्चात विद्यालय सञ्चालन गर्दा सम्पूर्ण शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुको अनिवार्य रुपमा स्वास्थ्य परीक्षण सम्पन्न गरी सबै विद्यालयमा हेल्थ डेक्समार्फत सुरक्षित स्वास्थ्य प्रबन्ध सुनिश्चित गरियोस् । धन्यबाद । जय नेपाल ।

    राजेन्द्रराज पौडेल–अध्यक्ष
    सोमनाथ गिरी– महासचिव

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...