News Portal

  • क्वारेन्टाइनस्थलमा पुगेका डाक्टरहरुबीच कुटाकुट

    भक्तपुरपोष्ट संवाददाता१३ जेष्ठ २०७७
    ७६६ पटक
    १३ जेष्ठ २०७७

    काठमाडौं । विरगञ्जका दुइ अस्पतालमा कार्यरत डाक्टरहरुबीच कुटाकुट भएकाे छ । नारायणी उपक्षेत्रीय अस्पतालमा र नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टरहरुबीच अरु कारणले नभइ सामाजिक सञ्जालका कारण कुटाकुट भएकाे हाे । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर दुइ डाक्टरहरुबीच विवाद भएकाे र विवाद बढ्दै गएपछि दुबैले आ-आफ्ना समूह बनाएर कुटाकुटमा उत्रेकाे बुझिएकाे छ ।

    वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमा कुटाकुट भएकाे हाे । डा. मधुरञ्जन सिंह नेतृत्वकाे टाेलीले क्वारेन्टाइस्थलमा गएर आक्रमण गरेकाे बताइएकाे छ । आक्रमणबाट नारायणी अञ्चल अस्पतालका चिकित्सक डा. दीपक चौरसिया घाइते भएका छन् ।

    उनीहरुबीच ह्वाट्स एप ग्रुपमा भएको कुराकानीको विषयलाई लिएर विवाद बढेकाे बताइएकाे छ । क्वारेन्टाइन स्थलमै झडप भएपछि प्रहरी, सिनियर चिकित्सक र अस्पताल प्रमुख पुगेर विवादलाई साम्य पारेकाे बताइएकाे छ ।

    एनएमए नारायणी जोन ब्रान्च नाम भएको ह्वाट्सप ग्रुपमा डा. मधुरञ्जन सिंहले लामो समयदेखि सरकारी अस्पताल र चिकित्सकलाई गाली गलौच गर्दै नकारात्मक टिप्पणी गर्दै आएकाे र अस्पतालका जुनियर चिकित्सकहरुले त्यसको प्रतिवाद गरेपछि विवाद सिर्जना हुन गएको बताइएकाे छ ।

    सरकारी अस्पतालले प्रभावकारी काम गर्दैन, त्यहाँ कार्यरत सबै डाक्टहहरु फटाह हुन्छन्, मेसिनले पनि राम्रोसँग काम गर्दैन भनेर डा. मधुरञ्जन सिंहले ह्वाट्सएप ग्रुपमा लेख्दै आएपछि आफूहरुले त्यसको प्रतिवाद गर्दै यस्तो संकटको घडीमा मेहनत गर्ने चिकित्सकहरुको मनोबल गिर्ने गरी नबोल्न सुझाव दिँदा २/३ जना मानिस लिएर क्वारेन्टाइन स्थलमै विवाद गर्न आएको नारायणी अस्पतालका जुनियर चिकित्सकहरुले बताएका छन् ।

    यसैबीच नेपाल चिकित्सक संघ वीरगञ्जले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको महामारीसँग लड्न अग्रपंक्तिमा रही व्यस्त रहेको समयमा जुनियर चिकित्सकहरुबीच विवाद गर्नु उचित होइन । त्यसैले दुवै पक्षलाई मेलमिलाप गराइसकेका छौं ।’

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...