News Portal

  • कञ्चनपुरको क्वारेन्टाइनमा खटेका वडाअध्यक्षको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता१४ जेष्ठ २०७७
    ६३८ पटक
    १४ जेष्ठ २०७७

    कञ्चनपुर, १४ जेठ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको छ । उनी कञ्चनपुरकाे एक क्वारेन्टाइनस्थल व्यवस्थापन कार्यमा जुटेका थिए ।

    वडाअध्यक्ष राना आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । साेही क्रममा उनी क्वारेन्टाइनस्थलमै एक्कासी बेहोस भएका थिए । उनलाइ तत्कालै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएकाे थियाे । तर उनकाे अस्पताल लैजाने क्रममै मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलले गएराति करिब १२ बजे ५८ वर्षीय रानाको मृत्यु भएको जानकारी दिए । पाैडेलले अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए ।

    अस्पतालले वडाअध्यक्ष रानामा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...