News Portal

  • लाेकसेवा आयाेगले थाल्याे परीक्षाकाे प्रक्रिया

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० जेठ
    ७५३ पटक
    भक्तपुर, २० जेठ

    लाेकसेवा अायाेगले परीक्षाका प्रक्रियाहरु सुरु गर्न थालेकाे छ । कोरोनाकाे संक्रमण जोखिमका कारण यसअघि पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू स्थगित गरिएका थिए । स्थगित कार्यक्रमहरु आयोगले पुनः सुरु गर्न थालेको हाे ।

    आयोगको सोमबार बसेको बैठकले स्थगित प्रक्रिया सुरु गर्ने निर्णय गरेकाे हाे । साेमवारकाे निर्णयबाट सहसचिव वा सो सरहको अन्तरवार्ताको तालिका सार्वजनिक गरिएको छ । सहसचिवको अन्तरवार्ताबाहेकका परीक्षाहरु भने यसअघि नै सम्पन्न भइसकेका थिए ।

    प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धातर्फ असार २ गतेदेखि १२ गतेसम्म अन्तरवार्ता हुने छ । यसैगरी नेपाल लेखापरीक्षणतर्फ आन्तरिक प्रतिस्पर्धातर्फको अन्तरवार्ता असार १४ गते निर्धारण गरिएको छ ।

    नेपाल प्रशासन सेवातर्फ खुला तथा समावेशीको द्वितीय चरणको मामिला प्रस्तुतीकरण कार्यक्रम असार १५, १६ र १७ गते हुने छ। यस्तै अन्तरवार्ता कार्यक्रम भने असार १८ देखि २६ गते निर्धारण गरिएको लोक सेवा आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।

    असार २८ गते भने आन्तरिक प्रतिस्पर्धातर्फ इन्जिनियरिङ सेवा सिभिल, जनरलको अन्तरवार्ता कार्यक्रम राखिएको छ । यसअघि लोक सेवा आयोगले कुनै पनि चरणको परीक्षा भएकालाई रद्द नगर्ने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...