News Portal

  • भक्तपुरमा थप १ सहित ३२३ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ३२३५ पुग्यो

    भक्तपुरपोष्ट संवाददाता२४ जेष्ठ २०७७
    ६२९ पटक
    २४ जेष्ठ २०७७

    काठमाडौँ । भक्तपुरमा थप १ सहित नेपालमा ३२३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

    मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप ३२३ जनामा कोरोना पुष्टि भएसँगै मुलुकमा संक्रमितको संख्या ३ हजार २३५ पुगेको बताए ।

    संक्रमित हुनेमा भक्तपुरका १,  मोरङका २, सुनसरीका ५, सप्तरीका ८, नवलपरासी पूर्व ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् ।

    त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासी पश्चिम २, रुपन्देहीका ३,धनुषाका ८, कपिलवस्तुका ५०, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।

    हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ६८ हजार ३१ रहेको छ । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ८५७ जना छ ।

    गत २४ घन्टामा डिस्चार्ज हुनेमा थप ३२ जना रहेका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ३६५ रहेको छ ।

    जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ५ जना, सेती अस्पतालबाट ६ जना र सुर्खेतबाट ७ जना, डिस्चार्ज भएर घर फर्किएका हुन् ।

    मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ३७ हजार ४ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ९२ हजार ४ सय ७७ परीक्षणहरु गरिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...