News Portal

  • कोरोना संक्रमित ५ हजार नाघे, एकै दिन ४४८ जना थपिए

    भक्तपुरपोष्ट संवाददाता३१ जेष्ठ २०७७
    ६४३ पटक
    ३१ जेष्ठ २०७७

    काठमाडौं  । पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका १७, रुपन्देही र महोत्तरी १६/१६ जना, धनुषा र बर्दियाका १५/१५ जना, झापा र पर्वतका १३/१३ जना, सिराहाका ११ जना, सुनसरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    चितवन र दाङका ८/८ जना, नवलपुरका ५ जना, कपिवलस्तुका ४ जना, उदयपुर र मोरङका ३/३ जना, नवलपरासी, प्युठान, अर्घाखाँची २/२ जना तथा काठमाडौं, नुवाकोट, बारा, गुल्मी र पाल्पा, इलाम, तनहुँ, बाँकेका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयकाअनुसार अर्घाखाँची, मालारानी गाउँपालिकाको एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका ५७ वर्षका उनी बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएको थियो ।

    उपचारका क्रममा मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । उनीहरु मध्ये १६ जनाको मृत्यु भएको छ भने ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...