News Portal

  • कोभिड–१९ को कारण देखाउँदै पत्रकारलाई सेवाबाट निष्काशन नगर्न चेतावनी

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ३ असार
    ७२५ पटक
    काठमाडौं, ३ असार

    नेपाल पत्रकार महासंघले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्काशन नगर्न चेतावनी दिएको छ । मङ्गलबार बसेको विशेष बैठकपछि महासंघले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

    पछिल्लो समय बिभिन्न सञ्चार गृहले श्रमजीवी पत्रकारलाई सेवाबाट हटाउने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण बन्न नदिने र राजिनामा दिन दबाब दिने जस्ता कार्य जारी राखेकाले त्यसका विरुद्ध आन्दोलनमा जाने महासंघले निर्णय लिएको महासचिव रमेश बिष्टले बताए ।

    महासंघले श्रमजीवी पत्रकारको विरुद्धमा गरिएका कार्यहरु सच्याउन एक साताको अल्टिमेटम दिएको छ । सम्बन्धित सञ्चार गृहलाइ एकसाता भित्र श्रमजीवी पत्रकार विरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गरी सोको जानकारी गराउन महासंघले अल्टिमेटम दिएको हाे ।

    महासंघले श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन सबै प्रदेश समिति, जिल्ला तथा प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै सङ्घ-संस्थासंग विज्ञप्तिमार्फत आग्रह समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...